नियम १४
नेपालबाट प्रस्थान गर्न रोक लगाउन सकिने
देहायका व्यक्तिलाई नेपालबाट प्रस्थान गर्न विभाग वा अध्यागमन कार्यालयले रोक लगाउन सक्नेछः–
(क) बैध राहदानी र प्रस्थान गर्ने भएको देशमा प्रवेश गर्नको लागि भिसा नभएका,
(ख) नेपालबाट प्रस्थान गर्नबाट रोक लगाउनको लागि कुनै अधिकार प्राप्त अधिकारीबाट कारण सहितको जानकारी प्राप्त हुन आएका ।